Print

अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ : अध्यक्ष ढकाल

२४ वैशाख, पर्वत । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रमा क्रमशः सुधार आउँदै गरेको बताएका छन् । शनिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले देशको अर्थतन्त्रमा क्रमशः सुधार आउदै गरेको बताएका हुन् ।

पर्यटन ब्यवसायहरुमा क्रमशः ग्राहकको संख्या बढेको बताउदै ढकालले वैक तथा बित्तिय संस्थाहरुको ब्याजदर पनि क्रमशः घट्दै गएको बताए । उनले देशको अर्थतन्त्र इतिहासकै उच्च विन्दुमा पुगेर खराब भईसकेको भन्दै अव यो भन्दा खराब हुने अवस्था नभएको जिकिर गरे । उनले भने–‘देशको अर्थतन्त्र यो भन्दा खराब हुने विन्दु नै छैन, अधिकत खराब पछि देशको अर्थतन्त्र विस्तारै सुधार हुँदैछ ।’

भरखरै मात्र उद्योग बाणिज्य महासंघको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका ढकालले ब्यवसायीहरुले संकटको बेलामा मनोबल उच्च बनाउनुपर्ने धारणा राखे । मनोबल उच्च नबनाउने ब्यवसायीले ब्यवसाय गर्न नसक्ने भएकाले चरम आर्थिक मन्दिमा पनि ब्यवसाय धान्नु सफल ब्यवसायी हुनुको संकेत रहेको ढकालको बनाई थियो ।

आफ्नो ब्यवसायीक जीवनमा पनि थुप्रै समय आर्थिक संकटको अवस्थाहरु आइपरेको स्मरण गर्दै ढकालले अर्थतन्त्रको खराब ब्याख्या गर्नुभन्दा यसको सुधारको लागि सवैले पहल गर्नुपर्ने धारणा राखे ।

पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष गोपी अधिकारी लगाएतले नवनिर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गर्दै अर्थतन्त्र सुधारका लागि पहल गर्न आग्रह गरेका थिए ।