२९ चैत, पर्वत । नेपाली कांग्रेसले २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरे लगतै कांग्रेस भित्रको विवाद पुनः सतहमा आएको छ । कांग्रेसका पूर्व सभापति नवराज गुरुङले प्रशिक्षण कार्यक्रम प्रति असहमती जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेतृत्वले सवै पक्षलाई समेट्न नसकेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘आफूसंग असहमत राख्ने समूहलाई तिल बराबर पनि नगनी स्थान नदिइ झन कांग्रेसमा विवाद चुलिएको छ’ उनले भनेका छन्–‘कांग्रेसमा झन झन निराशा बढेको छ भने कम्युनिष्टहरु बढाउन काम कांग्रेसले नै गरेको छ ।’

नेपाली कांग्रेसमा संस्थापन पक्षले अर्को पक्षलाई समेटन नसकेको भन्दै प्रशिक्षण कार्यक्रममा नै अर्को पक्षले विरोध गरीरहेको थियो ।
कुश्मामा २ दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका झण्डे १ सय ५० कार्यकर्ताहरुले प्रशिक्षण लिएको नेपाली कांग्रेसले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य मिन विश्वकर्मा, केन्द्रिय सदस्य प्रा. डा. गोविन्दराज पोखरेल, डा. जगदिशचन्द्र पोखरेल, र पत्रकार पुरुषोत्तम दाहालले सहजीकरण गरेका थिए ।




