१२ वैशाख, पर्वत । बिहादी गाउँपालिकामा सार्वजानिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को दोस्रो चौमासिकसम्म सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी र गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ सार्वजानिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाको सभा हलमा सोमवार सम्पन्न भएको सार्वजानिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले गरेको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनले बिहादीको समृद्धिमा टेवा पुगेको बताएका थिए । सहभागीहरुले शिक्षा, कृषि, स्वास्थ्य, सडक र खानेपानीको विषयमा केन्द्रीत भएर काम गर्न सुझाव दिएका थिए ।
गाउँपालिकाका अध्यक्ष परविन गुरुङले सहभागी र राजनितिक दलहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै सबैको सुझावहरुलाई आत्मसाथ गदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले गाउँपालिकाले सबैको सुझावकै आधारमा प्रत्येक बर्ष आफ्ना नीति तथा कार्यक्रमहरु ल्याएको बताए ।
गाउँपालिकाका योजनाहरुमा कुनै पनि अपारदर्शी, गुणस्तरहिन काम नभएको उनको दाबी छ । उनले गाउँपालिकाबाट सञ्चालन भएका योजनाहरुको गुणस्तर कायम गर्न स्थानीय पनि सक्रिय हुनुपर्ने बताए । गुरुङले उनले भने –‘योजनाहरुको काम कसरी भइरहेको छ रु कहाँ कमि कमजोरी छन भन्नेमा सबै सर्वसाधारण पनि चासो राख्नुपर्छ ।’ साथै उनले गाउँपालिका भित्र पूर्वाधार निर्माणको काम तिव्र गतिमा भइरहेको उल्लेख गर्दै कृषि पशु र स्वास्थ्य क्षेत्रमा देखिने गरी परिर्वतनहरु भएको दावी गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चूर्णवहादुर कार्कीले आर्थिक बर्ष आर्थिक बर्ष २०७९र०८० को दोस्रो चौमासिकसम्म सम्पादन गरेका कामको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाकी उपध्याक्ष मिना शर्मा तिवारी, नेपाली काँग्रेस पर्वतका सहसचिव तिलकप्रसाद भुषाल, नेकपा एमाले गण्डकी प्रदेश सदस्य अनिल मास्के, नेकपा माओवादी केन्द्र बिहादी गाउँपालिकाका अध्यक्ष ऋषिराम भुषाल, बिहादी गाउँपालिका वडा नं। ५ उरामका वडा अध्यक्ष खिमवहादुर थापा मगर, वडा नम्वर ४ वहाकीठाँटीका वडा अध्यक्ष विष्णप्रसाद भुषाल लगायतले बोल्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार गणेश गिरी र पत्रकार साजन परियारले गरेका थिए ।




