Print

पर्वतको महाशिलामा जीप दुर्घटना, १ जनाको मृत्यु


२८ चैत, पर्वत । पर्वतको महाशिला गाउँपालिकामा गए राति जीप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।

सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग २ च ६९० नम्बरको जीप महाशिला-५ काहुलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।