९ फागुन, पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारी भोली फागुन १० गते पर्वत आउदैछिन । जलजला गाउँपालिकामा वडा न २ मा लामिछानेहरुको कुल मन्दिर उद्घाटन गर्नका लागि राष्ट्रपति भण्डारी पर्वत आउन लागेकी हुन् । राष्ट्रपति कुल मन्दिर उद्घाटनका लागि जिल्ला आउने भएपछि जलजला गाउँपालिकाले भने सार्वजनिक विदा दिएको छ ।
जलजला गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृतले एक सुचना जारी गर्दै राष्ट्रपति बराह ताल मन्दिरको दर्शन र कुल मन्दिर उदघाटन गर्न आउने भएकाले सार्वजनिक विदा दिइएको उल्लेख गरिएको छ ।
राष्ट्रपतिको स्वागतका तथा ब्यवस्थापनका लागि भन्दै गाउँपालिकाले गाउँपालिका भित्रका सवै कार्यालयहरुमा सार्वजनिक विदा दिएको हो ।
