Print

नेपालको स्वास्थ्य क्षेत्र सुधारको लागि निरन्तर भूमिका खेल्नेछु : पूर्व स्वास्थ्य मन्त्री गिरी

१६ फागुन, पर्वत । नेकपा एमालेले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णयसंगै स्वास्थ्य मन्त्री पदम गिरीले पनि प्रधानमन्त्री सामू राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीसंग राजीनामा बुझाउनु अघि गिरीले सामाजिक सञ्जालमा आफ्नो कार्यकालको विषयमा स्टाटस मार्फत नेपालको स्वास्थ्य क्षेत्र सुधारको लागि निरन्तर भूमिका खेल्ने कुरा उल्लेख गरेका छन् ।
४२ दिनको छोटो अवधिमा मन्त्री गिरीले स्वास्थ्य क्षेत्र सुधारको लागि विशेष कार्य योजना बनाएको समेत खुलासा गरेका छन् ।

नेपालको स्वास्थ्य क्षेत्र निकै समस्याग्रत रहेको उल्लेख गर्दै गिरीले सवै नागरिकले निशुल्क र गुणस्तरीय उपचार पाउने सुनिश्चिता गर्न आफूले रणनीति र योजनाहरु निर्माण गर्दै गरेको समेत उल्लेख गरेका छन् । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ निर्वाचित गरीले माघ ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रीको कार्यभार सम्हालेका थिए ।

आफू मन्त्री भएपछि न्युनतम स्वास्थ्य सेवा मापदण्ड कार्यान्वयन गर्न अस्पतालको सेवा सुधार, पुर्वाधार बिकास, स्वास्थ्य बिमा लाई प्रभावकारी बनाउने, सातै प्रदेशबाट बिशिष्टिकृत सेवा, अत्यावश्यक औषधिको उत्पादन, आधारभुत अस्पतालको निर्माण सम्पन्न गरि स्थानिय तहमा नै अस्पताल बाट सेवा शुरु गर्ने, पारदर्शिता र शुसासन कायम गर्ने लगाएत बिषयमा आफूले कार्य योजना सहितको कामको शुरुवात गरेको गिरीले उल्लेख गरेका छन् ।

छोटो अवधिको कार्यकालमा गिरी निर्विवादीत मन्त्रीको छवि बनाएन सफल भएका छन् ।