६ मंसिर, पर्वत । भरखरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पर्वत जिल्लाका सवै उमेदवारले निर्वाचन जितेपछि एमालेले जिल्ला नेतृत्वलाई सम्मान गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक विशेष कार्यक्रमका वीच पर्वत जिल्ला नेतृत्वलाई बधाई तथा सम्मान ब्यक्त गरेका छन् । उनले उमेदवार सवैले निर्वाचत जितेको भन्दै एमाले पर्वतको नेतृत्व र उमेदवारलाई सम्मान गरेका हुन् । एमालेले देश भर ३ जिल्लाहरुमा मात्र सवै उमेदवारलाई विजयी गराउन सफल भएको छ । ति जिल्लाहरु मध्ये पर्वत पनि परेको छ । पर्वत बाहेक अर्घाखाँची र धनकुटालाई पनि एमालेले सम्मान गरेको हो ।
नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा पदम गिरी तथा प्रदेश सभा १ मा भक्त कुँवर र प्रदेश सभा २ मा मित्रलाल बस्यालले विजयी हासिल गरेका छन् । निर्वाचनमा उमेदवार बनेका सवैले निर्वाचनमा विजयी हासिल गरेपछि एमालेले ति जिल्लाका नेतृत्व र उमेदवारलाई एक विशेष कार्यक्रमका वीच सम्मान गरेको हो ।
जिल्लाका सवै उमेदवारलाई विजयी गराएपछि जिल्ला अध्यक्ष राजु पौडेलले एमाले अध्यक्ष केपी ओलीले सम्मान गरेका थिए ।




