२७ मंसिर, पर्वत । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अर्जुन जोशीले आफूलाई प्रत्यक्ष निर्वाचन लड्ने इच्छा नभएको बताएका छन् । भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजीत जोशीले आफू समानुपातिकमा बस्ने इच्छा भएका खुलासा गरेका हुन् । मतदातालाई धन्यवाद दिन पैयू पुगेका जोशीले आफ्नो चाहना समानुपातिकमा बस्ने भएको खुलासा गरेका हुन् । उनले २०७४ सालमा जिल्लाबाट कोहि पनि उमेदवार नभएका कारण आफू निर्वाचनमा उठेको स्मरण गराउँदै २०७९ सालको निर्वाचनमा पनि आफ्नो चाहना प्रत्यक्ष निर्वाचन नलडने भएको बताएका हुन् ।
उनले आफू टिककको लागि कोहि नेताका घरमा नपुगेको बताउँदै आफू प्रदेश सभामा मुख्य मन्त्रीको भने आकाक्षी रहेको बताएका छन् । उनले भने–‘म भगवानको कसम खाएर भन्छु अहिले म टिकट दिनुस भनेर कुनै नेताकोमा गएर भन्दै भनिन ।’ उनले भनेका छन् साथीहरु टिकट ल्याएर आउनुस म प्रचार समितिमा बसेर काम गर्छु भनेको थिए ।
उनले समानुपातिक बाहेक आफू प्रदेशमा मुख्य मन्त्री बन्ने चाहना रहेको समेत बताएका छन् । संघमा गएर मन्त्री बन्नु भन्दा प्रदेश मुख्य मन्त्री बन्ने आफ्नो चाहना भने आफूसंग रहेको उक्त कार्यक्रममा जोशीले बताएका छन् ।
कार्यकर्ता भेटघाट तथा धन्यवाद कार्यक्रममा जोशीले भने–‘मैले पाटी सभापति शेरबहादुर दाईलाई केहि समय पहिला भेटर म चुनाव लड्दिन भनेको थिए ।’ उनले पाटीका कार्यकर्ता, सञ्चार र सुरक्षाको रिपोटका आधारमा आफूलाई पाटीले चुनाव लडन टिकट दिएको समेत बताए ।
निर्वाचनमा पराजीत भएपछि कार्यकर्ताहरुलाई अन्याय पर्ने भएका कारण आफू काठमाण्डौं नगई जिल्लामा नै बसेर राजनीतिमा सक्रिय भईरहेको समेत जोशीले कार्यक्रममा बताएका थिए ।
नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य समेत रहेका जोशी यस अघि पर्वत जिल्लाबाट ३ पटक प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।