५ कार्तिक, पर्वत । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना पर्वत जिल्लामा विहान ७ बजे पछि शुरु हुने भएको छ । हिजो राती देखि नै मतगणना गर्ने गरी निर्वाचन कार्यलयले तयारी गरे पनि राजनैतिक दलहरुको सहमती बमोजीम सोमबार विहान देखि नै मतगणना शुरु गर्ने मुख्य निर्वाचन अधिृकतको कार्यालयले तयारी गरेको हो ।
मतगणनाका लागि मतपेटिकाहरु आइतबार राती अबेरसम्म सदरमुकाम कुश्मा बजार स्थित मुख्य निर्वाचन अधिृकतको कार्यालयमा आइपुगेका छन् ।
मतपेटिका आएसंगै सर्वदलिय वैठक बसि निर्वाचनको मतगणना शुरु गर्ने कार्य तालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरे पनि उमेदवारहरुको सहमती बमोजीम आज विहान ७ बजे सर्वदलीय वैठक बसेपछि मात्र मतगणना शुरु हुने मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।




