४ मंसिर, पर्वत। जिल्ला विहादी गाउँपालिका वडा नं. ३ रानीपानीको नेपाल तारा मा.वि. मतदानस्थलको ख केन्द्रमा नेकपा एमालेको तर्फ बाट ऐजेण्ड बस्नुभएका गंगा प्रसाद पौडेल र वडा नं. २ बर्राचौरको आम्बारी मा.वि.को मतदान केन्द्रमा ऐजेण्ड बस्नुभएका धनराज पुरी गोपाल, राम प्रसाद पराजुली तथा देव बहादुर क्षेत्री माथी नेपाली काङग्रेसका करिब एक दर्जन कार्यकर्ताहरुले गरेको सांघातिक आक्रमण गरेको भन्दै एमाले ले आपत्ति जनाएको छ । घटनाको विषयमा नेकपा एमाले विहादी गाउँपालिका कमिटिले जारि गरेको प्रेस विज्ञप्तिमा घोर भत्र्सना र निन्दा गर्दछ गरिएको छ ।
पालिका अध्यक्ष ओम कुबँरले जारि गरेको बिग्यप्तिमा भनिएको छ ‘ स्वच्छ र शान्तिपुर्ण तवरले भईरहेको मतदानलाई बिथोल्ने कु—चेष्टा गरेका नेपाली काङग्रेसका वडा नं. ३ का विपिन कुवँर,रेशम पौडेल, मदन थापा लगाएतका व्यक्तिहरुले गुण्डागर्दीको शैलीमा गंगा प्रसाद पौडेललाई र वडा नंं. २ का अनिल भनिने रेसम धमेल, सुर्य पुरी, हरि नेपाली लगाएतका व्यक्तिहरुले गुण्डागर्दीको शैलीमा धनराज पुरी गोपाल, देव बहादुर क्षेत्री, राम प्रसाद पराजुलीलाई निर्वाचनमा फर्जीमत हाल्न नपाएको निहुँमा निर्वाचनका सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण तवरले पुरा गरि घर हिड्ेका बेला बाटो ढुकीँ कुटपिट गरी शिथिल घाईते बनाएको घटना प्रति खेद प्रकट गर्दछु ।’




