Print

५३ मतदान स्थलको मतपेटिका आइपुग्यो, मतगणना आजैबाट शुरु हुने 

४ मंसिर, पर्वत । जिल्लाका कुल ५३ मतदान केन्द्रका मतपेटिका सदरमुकाम कुश्मा बजार आइपुगेका छन्। कुन १४८ स्थायी र २ वटा अस्थायी गरि १५० मतदान केन्द्र मध्ये राति ९ बजेसम्म ५३ मतदान केन्द्रका मतपेटिका संकलन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका‌ अनुसार ‌राति‌११ बजेसम्म सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय मा आइपुग्ने कार्यालयले जनाएको छ।

आज नै राति १० बजे सर्वदलिय बैठकको आयोजना गरिएको र राति देखि नै मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता राजु ढुंगानाले जानकारी दिए।

सर्वदलीय बैठकमा मतगणनाको लागि सबै तयारी भएको र राजनैतिक दलहरू बीच सहमति गरि राति अबेर देखि नै मतगणना गरिने ढुंगानाले जानकारी दिए ।

अहिले मतपेटिकाहरु संकलन कार्य भइरहेको छ ।