१५ असोज, पर्वत । मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शनिवार एक कार्यक्रमका वीच पर्वत जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो ।
पर्वतका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायधीश आनन्द श्रेष्ठले कार्यालयको उद्घाटन गरेका छन् । कार्यालय उद्घटन गर्दै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले आगामी निर्वाचनलाई निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न सबैलाई सहयोगका लागि आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले निर्वाचनलाई भय रहित र शान्तिपुर्ण रुपमा सम्पन्न हुने कुरामा बिश्वस्त हुन आग्रह गरे।
आजै पर्वतमा जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक समेत बसेको छ । बैठकले आचार संहिता अनुगमनलाई कडाईका साथ लागु गर्ने निर्णय गरेको छ । आचारसंहिता पालना गर्ने दायित्व सबै पक्षको भएको र उल्लंघन गर्नेलाई सचेत बनाउने र काबार्ही गरेर निर्र्वाचनलाई मर्यादित बनाउनुपर्ने धारणा सहभागीहरुले राखेका थिए ।
यस पटकको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहितामा गरिएका परिर्वतन र नयाँ ब्यबस्थाहरुमा जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।