२९ भदौ, कास्की । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद पदम गिरीले गठबन्धन सरकारले गरिब जनतालाई उठिवास लगाएको बताएका छन् । अनेरास्ववियुको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै नेता गिरीले गठबन्धन सरकारले देशको आर्थिक अवस्थालाई तहसनहस बनाएर गरिब जनतालाई उठिवास लगाएको बताएका हुन् ।
देशको आर्थिक अवस्था टाट् पल्टेर गरिब जनताले रिण पनि पाउन नसक्ने अबस्था सृजना भएको गिरिको टिप्पणी छ ।
सरकारसँग देशलाई आबश्यकता पर्ने बैदेशिक मुद्रा रित्तिदै गएको र कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अबस्था रहेको भन्दै गिरीले आर्थिक अबस्था दिनानुदिन कमजोर बन्दै गएको बताए ।
भेलालाइ सम्बोधन गर्दै गिरिले आगामी निर्वाचनमा जनताको भरोसा यूवा नेतृत्वसंग रहेको बताएका छन्। युवाहरुको नेतृत्व मा देश विकासको यात्रा अघि बढ्ने वताए ।
युबा बिद्यार्थीले सरकारको गलत कामको जनस्तरमा प्रचार गर्नु पर्ने भन्दै गठबन्धनले देशलाइ सबै ठाउँमा घात मात्र गरेको बताए ।
भेलामा अनेस्वाबियूका गण्डकी प्रदेशका ११ जिल्लाका अखिल नेताहरुको सहभागिता रहेको थियो।




