Print

पर्वत महोत्सवको तयारी तिब्र गतिमा : १ सय स्टल बुकिङ

पाँचौ क्षेत्रीय औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवको तयारी ब्यापक पारिएको छ । मेलालाई ब्यापक बनाउनका लागि प्रचार प्रसार तथा तयारीलाई ब्यवस्थित बनाउनका लागि आइतबार मात्रै महोत्सव मुल आयोजक समितिको वैठक बस्यो ।

वैठकले महोत्सवलाई सम्भ र भब्य बनाउनका लागि प्याकेज पासलाई ब्यवस्थित बनाउने र आर्थिक सहयोगको क्षेत्रलाई अझै ब्यापक पार्ने निर्णय भएको महोत्सव मुल आयोजक समितिका सदस्य सचिव तथा पर्वत उद्योग बाणिज्य संघका महासचिव ठाकुर वि. पौडेलले बताए । यसैगरी महोत्सवमा आर्थिक कारोबार प्रयोजनका लागि निर्माण गरिने झण्डै १ सय ५० स्टल मध्ये १ सय स्टलको बुकिङ भईसकेको स्टल ब्यवस्थापन समितिका संयोजक एवम् पर्वत उद्योग बाणिज्य संघ पर्वतका उद्योग उपाध्यक्ष शिव पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार ४० लघु उद्यमीका स्टल रहनेछन भने बाँकी स्टलमा होटल, खुद्रा ब्यापार र अटोमोवाइलका स्टलहरु रहनेछन । प्रति स्टल कम्तिमा १० हजार देखि बढिमा ३० हजारसम्ममा बुकिङ गर्न सकिने प्रवन्ध मिलाइएको संयोजक पौडेलले बताए । पौडेलले लघु उद्यमीका लागि विशेष प्राथमिकता दिएर स्टलको ब्यवस्थापन मिलाइएकोले सोहि अनुसारका लघु उद्यमीहरुलाई स्टल बुकिङका लागि सम्पर्क गर्न समेत अनुरोध गरे ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस