Print

पर्वतमा पहिलो पल्ट ब्राउन सुगर सहित भारी मात्रामा लागू औषध बरामद

१६ भदौ, पर्वत । पर्बतमा पहिलो पटक ब्राउन सुगर र ठुलो परिमाणमा लागु औषध सहित ५ जना ब्यक्ती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पर्वत जिल्लामा पहिलो पल्ट लागू औषधको रुपमा प्रयोग हुने ब्राउन सुगर सहित ठूलो मात्रामा लागू औषध बरामद भएको छ ।

प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसन अन्तर्गत लागू औषध सहित ५ जना ब्यक्तिहरु पक्राउ परेका हुन् ।

लागू औषध सहित पक्राउ पर्नेहरुमा मोदी गाउँपलिका वडा न.५ घर भई सोहि गाउँपालिकाको वडा न.२ पातीचौर डेरा गरी बस्ने बर्ष २६ का सचिन सार्की , जिल्ला तनहु सुक्लागण्डकी न.पा वडा न.१ दुलेगौडा स्थायी घर भई हाल जिल्ला पर्बत मोदी गा.पा वडा न.२ बस्ने अजय पुन, सोहि गाउँपालिकाको वडा न.४ क्याङ बस्ने बर्ष २५ का दिनेश गर्बुजा र जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा वडा न.८ घर भई मोदी गा.पा वडा न.२ डेरा गरी बस्ने बर्ष २९का बिजय पुन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट भारी मात्रामा लागू औषधहरु बरामद भएको प्रहरीको भनाई छ ।

यसै वीच प्रहरीले पर्बत कुश्मा न.पा वडा न.७ राममन्दिर स्थितबाट जिल्ला कास्की पोखरा म.न.पा वडा न.७ घारिपाटन डेरा गरी बस्ने बर्ष १९ की आफ्रिन खानबाट ब्राउन सुगर समेत बरामद गरेको छ । प्रहरीले ६ ग्राम ९३० मि.लि.ग्राम अबैध लागु औषध ब्राउन सुगर फेला पारी निजलाई तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।