Print

वेपत्ता पारिएका ब्यक्तिको छानविन सम्बन्धि विधेयक समाजमा शान्ति स्थापना गर्न आएको छैन : सांसद गिरी

१६ भदौ, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले वेपत्ता पारिएका ब्यक्तिको छानविन सम्बन्धि विधेयक समाजमा शान्ति स्थापना गर्न नआएका बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोगको तेस्रो संसोधन विधेयक शान्ति स्थापना भन्दा समाजलाई भडाउन उद्धत रहेको बताएका छन् । उनले विधेयक पिडितलाई न्या दिने र समाजमा शान्ति स्थापना गर्न नआएको दावी गरेका छन् ।

प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद गिरीले पिडकलाई उन्मुक्ति दिने र पिडितलाई घोर अन्याय गर्ने हिसावले यो विधेयक आएको भन्दै विधेयकको विरोध गरेका हुन ।

युद्धकालमा धेरै नागरिक युद्धका कारण पिडित भएको अवस्थामा यसको उचित क्षतिपूर्ति र न्याय दिनुपर्ने ठाउँमा पिडितलाई नै पिडा दिने गरी ल्याइएको भन्दै विधेयकको गिरीले विरोध गरेका ह्ुन् ।