२९ साउन, पर्वत । नेपाली कांग्रेस पर्वतले स्थानीय तहको समिक्षा कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रिया सहितको समिक्षा कार्यक्रममा बोल्ने कतिपय नेताहरुले पाटीको आन्तरीक जीवनमा कम्युनिष्ट पाटीसंगको गठबन्धनका कारण संगठन अस्तब्यस्त बनेको बताएका छन् ।
नेपाली कांग्रेसको आफ्नै विरासत भए पनि कम्युनिष्ट पाटीसंग मिल्दा विपीको आर्दश र सिद्धान्त माथि नै कुठाराघात भएको भन्दै कतिपय नेताहरुले नेतृत्वको आलोचना गरेका थिए । गठबन्धन गरेर जनमत नभएको पाटीलाई भोट हाल्न लगाउने र टिकट वितरणमा समेत एक्लौटी गर्दा पाटी एकताबद्ध बन्न नसकेको कपितय नेताहरुले बताएका थिए ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेकै कारण सवै पालिकाहरुमा एमालेको बहुमत प्राप्त भएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन गर्दा त्यसले कांग्रेसको आन्तरीक जीवनलाई ध्वस्त पार्ने नेता तथा कार्यकर्ताहरुले बताएका छन् । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा ५ स्थानीय तहका प्रमुख जिते पनि सवै प्रमुखहरु नगर तथा गाउँ सभामा अल्पमतमा छन् । जिल्ला भरका कुल जनप्रतिनिधिहरु मध्ये सवैभन्दा धेरै एमालेका जनप्रतिनिधि छन् । यो तथ्यांकले पनि कांग्रेस स्थानीय तहमा कमजोर रहेको केहि नेताहरुको विश्लेषण थियो भने कतिपय नेताहरुले अन्तरघात गरेको आरोप लगाएर आफ्नो राजनैतिक भविश्य माथि प्रश्न उठाउने प्रयास गरिएको बताएका छन ।
अन्तरक्रिया का कार्यक्रममा पाटी कार्यालय भवनको हिसाव देखि आगामी निर्वाचनको कार्यदिशाको विषयमा समेत कार्यकर्ताहरुले प्रश्न उठाएको कांग्रेस श्रोतले जनाएको छ । समिक्षा कार्यक्रममा कतिपय नेताहरुले गठबन्धनको निर्वाचन चिन्ह् फरक भएका कारण निर्वाचनमा सोचे जस्तो प्रतिफल प्राप्त नभएको बताएका थिए । आजको अर्थ वीट साप्ताहिकमा खबर छ




