Print

मुल्यवृद्धि, महङ्गी तथा भष्ट्राचार विरुद्ध एमाले पर्वतद्धारा सातै पालिकामा बिरोध प्रदर्शन

२६ साउन, पर्वत । नेकपा एमाले जनसंगठन परिचालन संयन्त्रको आयोजनामा नेता तथा कार्यकर्ताले कुश्माबजारमा प्लेकार्ड सहितको नारा बोकेर नारवाजी गर्दै कुश्माबजार परिकर्मा गरेका थिए ।

यसैगरी जिल्लाका सातवटै पालिकामा आन्दोलनका कार्यक्रम गरिएको छ । उनिहरुले गठबन्धनका कारण देश र राष्ट्रियता धरापमा परेको बताउदै अहिलेको सरकारले महङ्गी, भष्ट्राचार कालोबजारीलाई प्राथमिकता दिएको आरोप लगाउदै नाराबाजी सहित कुश्मा बजार परिक्रमा गरेका हुन् । एमाले कार्यक्रर्ताहरुले एसपिपि खारेज गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, अपरिपक्क शासक चाहिदैन, जनता मार्न पाइदैन, मुल्य वृद्धि नियन्त्रण गर र गठबन्धनको उपहार मूल्यवृद्धि, कुशासन र भ्रष्ट्राचार लगायतका नारा सहित बजार परिक्रमा गरेको छ ।

नेकपा एमालेले प्रदेशव्यापीरुपमा अहिलेको गठबन्धन बिरुद्ध प्रर्दशनमा उत्रने नीति अनुसार बुधबार पर्वतका सातै पालिकामा प्रर्दशन गरेको छ । एमाले विरोध प्रदर्शनपछि कोणसभामा बोल्दै नेकपा एमाले निकट खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्सुराम बस्नेतले गठबन्धनको सरकार माफियाको चङ्गुलमा फसेको बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष राजु पौडेल, अनेमसंघकी नेतृ अम्विका शर्मा लगायतले बोल्नुभएको थियो । त्यसैगरी मोदी, जलजला, महाशिला, पैंयु, विहादी र फलेवासमा पनि विरोध सभा सम्पन्न भएको र ति ठाउँमा प्रदेश तथा जिल्ला स्तरीय नेताहरुले सम्वोधन गर्नुभएको एमाले जिल्ला सचिब गोविन्द पहाडीले जानकारी दिएका छन् ।