Print

बुवाको मृत्यु पछि बिचल्लीमा परेका ६ बालबालिकालाई सहयोग जुट्न शुरु

२१ साउन, पर्वत । अरिंगालले चिलेर बाबुको मृत्युपछि बिचल्लीमा परेका पर्वतको कुस्मा नगरपालिका १ पाडका ६ जना बालबालिकालाई सहयोग जुट्न शुरु भएको छ । कुस्मा नगरपालिकाकी उपमेयर स्वस्थानी रिजालले नगरपालिकाको तर्फबाट २५ हजार सहयोग दिने जानकारी गराएकी छिन् ।

उनले बिचल्लीमा परेका बालबालिकालाई निशुल्क अध्ययनको ब्यबस्था पनि आश्वासन दिएकी छिन । बाबुको मृत्युपछि २ छोरा र ४ छोरीको बिचल्ली भएको समाचार सञ्चार माध्यमबाट बाहिर आएको थियो ।

अरिंगालले चिलेर बुबाको मृत्यु भएपछि पर्वतको पाङका ६ बालबालिकाको बिचल्ली

उपमेयर स्वस्थानी रिजाल र उनका श्रीमान रामजी रिजाल संरक्षक रहेको अरुण स्मृति अक्षयकोषबाट नगद ४ हजार १ सय तथा खाद्यान्न र लत्ताकपडा सहयोग उपलब्ध भएको छ ।

परियारको साउन १२ गते अरिंगाल पोल्ने क्रममा अरिंगालले चिलेर गम्भीर घाइते हुँदा उपचारका क्रममा मृत्यु भएको थियो ।