Print

पर्वतमा ७ पालिका प्रमुख तथा अध्यक्षले लिए पद तथा गोपनीयताको सपथ, आजै पदभार ग्रहण

६ जेठ, पर्वत । स्थानीय तहको निर्वाचन सम्पन्न भए लगतै जिल्लाका ७ वटै स्थानीय तहका प्रमख तथा अध्यक्षहरुले सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचत अधिकृतबाट पर्वतको कुश्मा बजारमा उनीहरुले सपथ ग्रहण गरेका हुन् ।

जिल्लाका ७ पालिकाहरु कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका, पैयू गाउँपालिका, महाशिला गाउँपालिका, जलजला गाउँपालिका र विहादी गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरुले सपथ ग्रहण गरेका हुन् ।

कुश्मा बजारमय आयोजीत एक कार्यक्रमका वीच उनीहरुले सपथ ग्रहण पछि आफ्ना आफ्नो गाउँपालिका तथा नगरपालिकामा गई आफ्नो पदभार ग्रहण गरेका छन् ।