Print

हालसम्म पर्वतमा ५ पालिकाको नजिता सार्वजनिक, २ वटाको बाँकी

४ जेठ, पर्वत । जिल्लाका विभिन्न ५ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

पैयू गाउँपालिकामा कांग्रेसका तोरण मल्ल अध्यक्ष पदमा र एमालेकी यामकुमारी रानाले उपाध्यक्ष पदमा निर्वाचन जितेकी छिन् । यसै गरी फलेवास नगरपालिकामा कांग्रेसका गंगा तिवारी र माओवादी केन्द्रकी शोभा क्षेत्रीले निर्वाचन जितेकी छिन् । उता, महाशिलामा दुवै पदमा एमालेले निर्वाचन जितेको छ । अध्यक्ष इश्वरी भुषाल र उपाध्यक्ष पदमा धनसुवा विकले निर्वाचन जितेकी छिन् ।

जारी मतगणनाको अन्तिम नजिता अनुसार मोदी गाउँपालिकामा दुवै पदमा एमालेले बाजी मारेको छ । मोदी गाउँपालिकाको अध्यक्ष एमालेकी हिरादेवी शर्मा र उपाध्यक्ष पदमा बिमल लामिछाने विजयी भएका छन् ।

यसैगरी जलजला गाउँपालिकामा कांग्रेसका राजु आचार्य र माओवादी केन्द्र दिपक आचार्य विजयी भएका छन् ।

कुश्मा नगरपालिका र विहादी गाउँपालिकाको नजिता आउन बाँकी छ । कुश्मामा नगरप्रमुख पदमा कांग्रेसको अग्रता छ भने विहादीमा पनि कांग्रेसले नै अग्रता लिएको छ ।