Print

महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

२ जेठ, पर्वत । जिल्लाको महाशिला गाउँपालिकामा एमालेका उमेदवार विजयी भएका छन् । एमालेको तर्फबाट उमेदवार बनेका महाशिला गाउँपालिकाका इश्वरी भुषालले गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार अशोक उचै ठकुरीलाई हराउँदै निर्वाचन जित्न सफल भएका हुन् ।

यसैगरी गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका विराज हमाललाई हराउँदै एमालेकी धनसुवा विक उपाध्यक्षमा विजयी भएकी छिन् ।

अध्यक्ष पदमा एमालेका भुषालले २७४३ मत ल्याउँदा कांग्रेसका ठकुरीले २३०६ मत ल्याएका छन् ।

उपाध्यक्ष पदमा विकले २७०६ मत ल्याउँदा समाजवादीका एमालले १९६९ मत ल्याएका छन् ।