Print

मोदीको भुकदेउरालीमा एमालेका वडाअध्यक्षको गन्न बाँकी मत भन्दा धेरै मतान्तर, जीत निश्चित

१ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा नेकपा एमालेका उमेदवारको जीत निश्चित भएको छ । गन्न बाँकी मत भन्दा धेरै मतान्तर भएपछि एमालेका टेकबहादुर गुरुङ अध्यक्षमा निर्वाचित हुन निश्चित भएका हुन् । गठबन्धनको विरुद्धमा निर्वाचन लडेका गुरुङको अन्तिम प्रतिस्पर्धा भने स्वतन्त्र उमेदवारसंग रहेको थियो । मत गन्न १७९ बाँकी रहँदा गुरुङ १६५ मतले अगाडि थिए ।

पछिल्लो तथ्यांक अनुसार मतान्तर बढ्दै गएको छ भने मत गन्न बाँकी संख्या घट्दै गएको छ । योसंगै गुरुङले मोदीमा निर्वाचन जित्ने लगभग निधो भएको छ ।

मोदी १ बाट एमालेल विजय यात्राको शुरुवात गर्ने भएको छ ।