Print

जलजलामा कांग्रेसका बागि उमेदवारको चिन्ह् गुलाबको फुल, प्रचार प्रसारमा ब्यस्त

२३ वैशाख, पर्वत । जिल्लाको जलजला गाउँपालिकामा युवा नेता महेन्द्र फकामी मगर प्रकाश अध्यक्ष पदमा उमेदवार बनेका छन् । स्वतन्त्र तर्फबाट उमेदवार बनेका उनी नेपाली कांग्रेसका बागि उमेदवार हुन् । टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले नेपाली कांग्रेसको बागि उमेदवारको रुपमा आफूलाई प्रस्तुत गरेका छन् ।

नेपाली कांग्रेसको तरुण दलका नेता समेत रहेका मगरले नेपाली कांग्रेस संस्थागत ढङगले नचलेका कारण आफू अध्यक्ष पदमा उठेको बताउँदै आएका छन् । गुलाबको फुल चुनाव चिन्ह लिएका मगरले जलजला गाउँपालिकाका विभिन्न वडाहरुमा प्रचार प्रसार अभियानलाई तिव्र बनाएका छन् ।

गाउँपालिकाका केहि वडाहरुमा वडा अध्यक्ष सहितको प्यानलकै उमेदवार समेत मगर समूहले दिएको छ । उनले गाउँपालिका अध्यक्षसंगै वडामा समेत प्रतिनिधित्व हुने गरी उमेदवारी दिएको बताएका छन् ।

जलजला गाउँपालिकाको बासकर्ख, बनौ लगाएका वडाहरुमा युवाहरुको बाक्लो उपस्थितीमा उनले आफ्नो पक्षमा मत मागेका छन् ।

जलजला गाउँपालिकामा गबठन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका राजु आचार्य र उपाध्यक्ष पदमा माओवादी केन्द्रका दिपक आचार्य उमेदवार बनेका छन् ।

यसैगरी एमालेको तर्फबाट भने अध्यक्ष पदमा लालबहादुर अधिकारी अध्यक्ष र उपाध्यक्ष पदमा एमालेकै सुनिता जिसी उमेदवार बनेकी छिन् ।

जलजला गाउँपालिकाको अध्यक्ष पदमा त्रिपक्षी भिडन्त हुने भएको छ ।