Print

फलेबासमा एमालेको प्रचार अभियान शुलिकोटवाट शुरु

१६ बैशाख, पर्वत । नेकपा एमाले फलेबासको प्रचार अभियान शुरु भएको छ । एमालेले नगरपालिका प्रचार अभियानको औपचारीक शुरुवात गरेको हो ।

नगरपालिकाको सबैभन्दा उचाईमा रहेको सुलिकोटवाट एमालेका उमेद्वारहरुले प्रचार अभियानको शुरुवात गरेका हुन् ।

एमालेले नगर प्रमुखमा देशकै कान्छो मेयरको रुपमा उत्कृष्ट ‌१० मेयर मध्ये परेका नगरपालिकाका संस्थापक नगर प्रमुख पदमपाणी शर्मा र उपप्रमुखमा मन्जु अधिकारीलाई उमेद्वार बनाएको छ ।

प्रचार अभियानमा एमाले केन्द्रिय सदस्य कल्पना चापागाई प्रदेश सांसद तथा प्रदेश कमिटिका सचिवालय सदस्य विकास लम्साल, जिल्ला अध्यक्ष राजु पौडेल लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

नगरप्रमुख शर्माले आफूले संस्थापक मेयर हुँदा शुरुवात गरेका अधिकांश कामहरु पुरा गर्नका लागि अवको एक कार्यकाल पुनः आफ्नो टिमलाई मतदान गर्न नगरबासीलाई आब्हान गरेका थिए ।