Print

सांसद गिरी पैयू गाउँपालिकामा ६ वडाका ६ वटा चुनावी कोण सभामा एकै दिन सहभागी

१५ वैशाख, पर्वत । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले पैयू गाउँपालिकामा आयोजीत ६ वटा कोण सभाहरुलाई सम्बोधन गरेका छन् । एमालेले आफ्ना उमेदवारहरुको पक्षमा मत माग्न आयोजना गरेको कोण सभामा सांसद गिरीले एकै दिन सवै कोण सभामा सम्बोधन गरेका हुन् ।

एमालेले पैयू गाउँपालिकामा अध्यक्ष पदमा महेन्द्र श्रेष्ठ र उपाध्यक्ष पदमा यामकुमारी रानालाई उमेदवार बनाएको छ । सांसद गिरीले पैयू गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, बेउलीबास, भोर्ले र सरौ खोलामा आयोजीत वडा स्तरीय कोण सभामा आफ्ना उमेदवारको पक्षमा मत मागेका हुन् ।

कोण सभाहरुमा बोल्दै सांसद गिरीले देश विकासको एजेण्डा एमालसंग मात्र भएको भन्दै एमालेका उमेदवारले जित्ने दावी गरे । उनले सम्बृद्ध नेपाल खु्शी नेपालीको राष्ट्रिय आकाक्षा पुरा गर्न एमालेका उमेदवाहरुले जित्नुपर्ने तर्क गरे ।

प्रतिपक्षी दलसंग विकासका एजेण्डा भन्दा बढि एमालेसंगको रिस र संविधान विघटन बाहेकको कुनै एजेण्डा नभएका कारण एमालेले नै देशको मुल शक्ति भएको दावी गरे । विचार विहिन शक्तिहरुले गर्ने गठबन्धन देश विकासको लागि नभएको उनको भनाई थियो ।