Print

नेपाल बन्दको प्रभाव पर्वतमा पनि

१६ फागुन, पर्वत । अमेरिकी सहयोग परियोजना एमसिसिलाई संसदबाट अनुमोदन गरेको विरोधमा ८ दलले आयोजना गरेको नेपाल बन्दको प्रभाव पर्वतमा पनि परेको छ । ८ दलीय मोर्चाले राष्ट्रघाति सहयोग परियोजना नेपालले संसदबाट अनुमोदन गरेको विरोधमा आयोजना गरेको बन्दको प्रभाव पर्वतमा पनि परेको हो ।

पर्वत जिल्ला स्थित मध्यपहाडी लोकमार्गमा सवारी साधन चल्न सकेका छैनन् । जिल्लाको सदरमुकाम कुश्मा बजारका अधिकांश पसलहरु विहानै देखि बन्द रहेका छन् । बजार क्षेत्रमा पनि केहि नीजि बाहेकका सवारी साधनहरु चलेका छैनन् ।

माओवादी केन्द्र, समाजवादी र कांग्रेस समेतले एमसिसि परियोजना पास गरेपछि विभिन्न ८ दलले नेपाल बन्दको आयोजना गरेको हो ।