१९ माघ, पर्वत । राधा माधव समिति पर्वत शाखाले न्यानो लुगा वितरण गरेको छ । समितिले एक कार्यक्रमको आयोजना गरी गुप्तेश्वर बेद बेदाङ संकृत पाठशालामा अध्ययनरत विद्यार्थीहरुलाइ न्यानो लुगा वितरण गरेको हो ।
चिसोबाट संकृत पाठशालाका विद्यार्थीलाइ जोगाउनका लागि समितिले न्यानो लुगा वितरण गरेको हो । लुगा वितरण कार्यक्रमको अध्यक्षता शाखाका अध्यक्ष सुनिल भुषालले गरेका थिए भने सञ्चालन सचिव गौरबदास वैरागी र स्वागत उपाध्यक्ष मानसिंह भण्डारीले गरेका थिए ।
शाखाले यस अघि पनि विभिन्न अवसरमा खाद्यन्न सामाग्री वितरण लगाएतका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । आध्यात्मीक दर्शनलाई स्थापीत गराउँदै राधा माधवको प्रचार प्रसारका लागि सक्रिय उक्त समितिले डिभाइन युथ क्लब नेपालको जगदगुरुतम दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको शाखाका सचिव वैरागीले जानकारी दिए ।
लुगा वितरण कार्यक्रममा गुप्तेश्वर पाठशालाका गुरु तथा राधा माधव समितिका अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।





