१४ माघ, पर्वत । कोरोना संक्रमणका कारण यो अवधिमा पर्वतमा १ जना पत्रकारको मृत्यु भएको छ भने दर्जन बढि संक्रमीत भएका छन् । नेपाल पत्रकार महासंघ पर्वत शाखाका अनुसार संक्रमण पुष्टि भएका एक जना क्रियाशिल पत्रकारको काठमाण्डौंमा उपचार हुँदा हुँदै यस अघि नै मृत्यु भएको थियो ।
संक्रमणको दोस्रो र तेस्रो लहरका कारण भने दर्जन बढि पत्रकारहरु संक्रमीत भएका छन् । महासंघका अध्यक्ष सन्तोष थापाका अनुसार संक्रमीत भएका पत्रकारहरु अन्यको अवस्था भने सामान्य रुपमा नै निको भएको छ । थापा आफै संक्रमीत भएका थिए भने क्रियाशिल धेरै पत्रकारहरु संक्रमीत भएको उनले जानकारी दिए । कतिपय संक्रमीत पत्रकारहरु भने लक्षण देखिएपछि आइसोलेसनमा बसेका र परिक्षण नगरेका कारण तथ्यांक यकिन भने छैन् ।
यद्यपि परिक्षण गरेर पोजेटिभ देखिएका पत्रकारको संख्या झण्डै एक दर्जनको हाराहारीमा रहेको थापाको भनाई छ । कोरोनाको तेस्रो लहरमा धेरै पत्रकार संक्रमीत भएका छन् । ‘दोस्रो र पहिलो लहरमाय कम संक्रमीत भएका थिए तर तेस्रो लहरमा धेरै पत्रकार संक्रमीत भएका छन्’ पत्रकार थापाले भने–‘एक जना पत्रकार साथीको मृत्यु काठमाण्डौंमा भए पनि अन्य पत्रकारहरुको अवस्था भने संक्रमणका कारण जटिल भएन ।’ अहिले पनि केहि पत्रकारहरु पोजेटिभ भएका कारण आइसोलेसनमै छन् ।




