Print

कांग्रेस जिल्ला अधिवेशन : मल्लद्धारा पर्वत जिल्ला सभापतिको उमेदवारी घोषणा

२७ कार्तिक, पर्वत । नेपाली कांग्रेसको आगामी जिल्ला अधिवेशनमा सभापति पदको लागि नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष यामबहादुर मल्लले आफ्नो उमेदवारी औपचारिक रुपमा घोषणा गरेका छन् । मल्लले सामाजिक सञ्जालमा टुइट् गर्दै जिल्ला अधिवेशनमा सभापति पदको उमेदवारी प्रस्तुत गरेका हुन् ।

जलजला गाउँपालिकाका अध्यक्ष समेत रहेका मल्लले कांग्रेस भित्रको गुट र उपगुटको अन्त्य गर्दै आपसि एकता, सहकार्य र सहअस्तित्वको निर्माण गर्न आफ्नो उमेदवारी रहने उल्लेख गरेका छन् ।

कांग्रेसका सवै नेता कार्यकर्तालाई मिलाएर लैजान सक्ने क्षमता आफूसंग भएको भन्दै उनले पाटीलाई अझै सुद्दढ र संसंगठित गर्दै आसन्न निर्वाचनमा कांग्रेसलाई पहिलो पाटी बनाउने संकल्प र अठोट समेत प्रस्तुत गरेका छन् ।

कांग्रेसको जिल्ला अधिवेशनका लागि हालसम्म औपचारिक रुपमा सभापतिको घोषणा मल्लले मात्र गरेका छन् । कांग्रेस भित्र सभापति पदको लागि अन्य नेताहरुको पनि उमेदवारी रहने कांग्रेस श्रोत बताउँछ ।

आगामी ६ गते हुने निर्वाचनमा उप २ वटा सचिव पदका लागि लोकतान्त्रिक छापा माध्यमका केन्द्रिय उपाध्यक्ष ओमप्रसाद शर्मा घायल तथा जलजला २ का वडा अध्यक्ष गोविन्द खत्रीले औपचारिक रुपमा आप्नो उमेदवारी सार्वजनिक गरेका छन् ।

आगामी मंसीर ३ गते क्षेत्रीय निर्वाचन तथा आगामी मंसीर ६ गते कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनले महाधिवेशन प्रतिनिधि समेत चयन गर्नेछ ।