६ कार्तिक, पर्वत । नेकपा एमालेको वडा अधिवेशन पर्वतका सवै वडामा आज एकै पटक हुँदैछ । नेकपा एमालेको पर्वत जिल्लाका ६१ वटै वडामा आज एकै पटक वडा अधिवेशन हुन लागेको हो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । केन्द्रिय कमिटिको सर्लुकर बमोजीम देश भर आज वडा अधिवेशनहरु हुँदैछन् । पर्वत जिल्लामा पनि आज वडा अधिवेशन हुने जिल्ला अध्यक्ष पदम गिरीले जानकारी दिए ।
पाटीको नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनको लागि वडा कमिटिहरुले आफ्नो आफ्नो वडामा अधिवेशनको आब्हान गरेका छन् । वडा अधिवेशनबाट ३१ सदस्यीय कमिटि तथा पालिका अधिवेशनका लागि प्रतिनिधि समेतको चयन गर्नेछ ।




