Print

कम्युनिष्ट फुटाएर कांग्रेस ठूलो बनाउने होइन–नेता पौडेल

७ असोज, पर्वत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्तिहरु विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस पर्वत जिल्लाको पाटी कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलेले आफ्नै शक्तिले देशको ठूलो पाटी हुन कांग्रेस नेता कार्यकर्ताले प्रयास गर्नुपर्ने धारणा राखे ।

 

उनले भने–‘हामी आफै ठूलो पाटी हुने हो कम्युनिष्ट फुटेका कारण ठूलो पाटी हुने होइन ।’ बरिष्ठ नेता पौडेलले लोकतान्त्रिक मूल्य मान्यता पछिल्लो समय नेपाली कांग्रेसमा हराउँदै गएको समेत बताए । उनले कांग्रेस पाटी भित्रको लोकतान्त्रिक मूल्य मान्यतालाइ संस्थागत गर्नुपर्ने धारणा राखे ।

भवन उद्घाटन सन्दर्भमा आयोजीत कार्यक्रममा जुम बाट सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसका आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्न समेत धारणा राखे । उनले अव चयन हुने नेतृत्वले देशको भविश्य कस्तो बनाउने भन्ने निक्यौल गर्ने समेत बताए ।