३० भदौ, पर्वत । नेकपा एमाले पर्वतको जिल्ला कमिटि वैठक सम्पन्न भएको छ । नेकपा विभाजन भएर बनेको एमालेको पहिलो वैठक जिल्ला पाटी कार्यालय कुश्मामा सम्पन्न भएको हो ।

नेकपालाई अदालतले विभाजन गरेपछि पुर्नस्थापीत भएको एमाले फुटेर नेकपा समाजवादी पाटी समेत बनेको छ । नेकपा समाजवादीमा नेता कार्यकर्ताहरुको आकर्षण नदेखिएको बेलामा जिल्ला कमिटिको वैठकले पाटीलार्ई थप मजबुद बनाउने निर्णय गरेको एमाले जिल्ला सचिवालय सदस्य बिमल लामिछानेले जानकारी दिए ।
एमालेले संगठनका गतिविधिहरुलाई अघि बढाउने ३१ गते आयोजना गरिएको भेलालाई भब्य बनाउने निर्णय भएको लामिछानेले जानकारी दिए ।
नेकपा एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरीको अध्यक्षतामा बसेको वैठकमा प्रदेश इन्चार्ज किरण गुरुङको उपस्थिती रहेको थियो ।
वैठकलाई सम्बोधन गर्दै किरण गुरुङले एमालेलाई पूर्ववत अवस्थामा फर्काउदै एकिकृत नेकपा हुँदाको अवस्थामा समायोजन भएका नेता कार्यकर्ताहरुको ब्यवस्थापन सोहि बमोजीम गरिने जानकारी दिए ।
भेलामा एमालेका ७२ जना जिल्ला सदस्यहरु मध्ये ५ जना मात्र नेकपा समाजवादीमा गएको एमाले नेताहरुले बताएका छन् । बाँकी ६७ जना सदस्यहरु भने वैठकमा उपस्थित रहेका थिए ।
पाटी विभाजन भएको बेलामा एकताको सन्देश दिदै आयोजना गरिएको वैठकमा एमालेका प्रदेश कमिटि सदस्यहरुको उपस्थिती रहेको थियो ।




