२५ भदौ, पर्वत । संघीय सरकारले जलजलाको गौरबको आयोजनाको रुपमा वारीवेनी माझफाँट हुँदै लेकफाँट नागी सडक संघीय सरकारको रणनैतिक योजनामा समावेश गरेको योजना प्रतिस्थापन बजेट मार्फत सरकारले कटौती गरेको छ ।

केपी ओली नेतृतवको सरकारले एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक योजना अन्र्तगत समावेश गरेको उक्त सडक देउवा नेतृत्वको सरकारले कटौती गरेको हो । पर्वत जिल्लाका सांसद पदम गिरीले निर्वाचनमा आफूले गरेका प्रतिबद्धता बमोजीम संघीय कार्यक्रममा समावेश गरेको योजना आजको प्रतिस्थापन विधेयक मार्फत योजना कटौतीमा परेको हो ।
जलजला क्षेत्रको महत्वपूर्ण सडकको रुपमा लिइएको यो सडक कालोपत्रेका लागि डिपिआर निर्माण भएको छ । बजेटको सुनिश्चिता गरी ठेक्का आब्हान गर्नुपर्ने बेलामा नयाँ सरकारले आयोजना नै कटौती गरेपछि सडक कालोपत्रे नहुने चिन्ता स्थानीयबासीमा बढेको छ । धेरै जनसंख्या र भूगोल समेटिने यो सडक कालोपत्रे हूँदा यो क्षेत्रका निकै धेरै मानिसहरु लाभान्वित हुनेछन् ।




