Print

मध्यपहाडी सडक अवरुद्ध : अस्पतालहरुमा अक्सिजन आयातमा समस्या

२३ भदौ, पर्वत । धौलागिरी क्षेत्रका ४ जिल्ला भित्रने मुख्य सडक विगत ५ दिन देखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा ४ जिल्लामा भित्रने सवै जसो सामाग्रीहरु वीच बाटोमै अलपत्र परेका छन् । सडक अवरुद्ध भएसंगै पर्वत सहितका धौलागिरी क्षेत्रका ४ जिल्लाको स्वास्थ्य क्षेत्रमा समस्या देखिने भएको छ ।

कोभिड रोगको उपचारका लागि अत्यावश्यक मानिएको अक्सिजन निर्यातमा अस्पतालहरुमा समस्या परेको छ । पर्वत अस्पतालका अनुसार स्टक अक्सिजन रित्तिदै जाने र अक्सिजन आयात गर्न समस्या परेको छ । मुख्य सडक अवरुद्ध भएसंगै अक्सिनजको अभाव हुन नदिने अस्पतालले भने वैकल्पिक सडक प्रयोग गरेको छ ।

पर्वतको कूश्मा देखि भ्यालेसम्मको सडक खुले पनि भ्याप्ले खण्डमा ठूलो पहिरो गएका कारण सवारी आगमन अवरुद्ध नै छ । अक्सिजन पोखराबाट पर्वतमा निर्यात हुँदै आएको छ । अक्सिजनका सिलिण्डरहरु कोभिड विरामीको उपचार गर्दा रित्तिदै गए पछि कार्किनेटा नौडाडा सडक प्रयोग गरेर अक्सिजन निर्यातको तयारी भएको पर्वत अस्पतालले जनाएको छ ।

कोभिड रोगको उपचार गरीरहेको अस्पतालमा अहिले पनि कोभिड रोगका विरामीहरु उपचाररत छन् । पर्वत बाहेक म्याग्दी बागलुङमा पनि कोभिड रोगको उपचाररत विरामीहरु छन् । उनीहरुको उपचारका लागि पोखराबाट ल्याइने गरिएको अक्सिजन सडक अवरुद्ध हुँदा निर्यात हुन नसकिरहेको छैन् । अक्सिजन प्लान्टबाट हुने उत्पादन मात्र प्रयाप्त नहुने हुँदा अक्सिजन सिलिण्डरबाट निर्यात गर्नुपर्छ ।

अस्पतालहरुले वैकल्पिक विधि मार्फत अक्सिजनको आपूर्ति गर्ने गरी तयारी गरे पनि एता, सडक भने अझै केहि नखुल्ने देखिएको छ । भ्याप्लेको पहिरो हटाउनका लागि बम विस्फोट गरिए पनि विस्फोट प्रभावकारी नभएको सुरक्षा सम्बद्ध श्रोत बताउँछ । थप विस्फोट मार्फत पहिरो हटाउने गरी काम भइरहेको मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।