Print

अपडेट : दोविल्ला पहिरोका कारण मध्यपहाडी लोकमार्ग र दोविल्ला फलेवास सडक अवरुद्ध

२३ असार, पर्वत । गत राती आएको पहिरोका कारण कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित दोविल्ला क्षेत्रको मध्यपहाडी लोकमार्गको सडक र दोविल्ला फलेवास सडक अवरुद्ध बनेको छ ।

पहिरोले सडक बगाएको र खोला नै सडकको माथिल्लो भागबाट हिडेका कारण सडक अवरुद्ध बनेको हो । मध्यपहाडी लोकमार्गको कुश्मा पोखरा सडक पूर्णरुपमा अवरुद्ध बनेको प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी थिए । सडकको ठूलो भाग पहिरोले बगाएको छ । सडकको बाँकी रहेको भाग माथिबाट अहिले सुन्दरे खोलाको पानी बगिरहेको छ । सडक हिजो राती देखि नै अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरोले दोविल्ला फलेवास सडक पनि बगाएको छ । दक्षिणी क्षेत्र जाने सवै सडक यो संगै अवरुद्ध बनेका छन् ।

सडक अवरुद्ध हुँदा विरामीलाई पोखरा लैजान समस्या परेको छ । उता, प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाको डोजरले केहि समयपछि सडक सफा गर्ने र सडक आज दिउँसो देखि सुचारु हुनसक्ने प्रहरीले जनाएको छ ।

पहिरोका कारण १ इन्जिनियर सहित उनका सवारी चालक हिजो राती देखि नै वेपत्ता छन् । पहिराले बगाएको गाडी मोदी खोलामा भेटिएको छ । पहिरोले लोकमार्ग छेउका ३ वटा पसलहरु पनि बगाएको छ ।