२३ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलामा आएको पहिरोले बगाएको गाडी भेटिएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्य रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएका छन । पहिरोका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको छ । यसै गरि पहिरोले सडक बगाउँदा दोबिल्ला फलेबास सडक पनि अबरुद्ध बनेको छ ।
प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेत्तपा भएको पुष्टि भएको छ । वेपत्ता हुनेमा साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुको पहिचान भएको बुढाथोकीले जानकारी दिए ।
रातको समयमा गाडीलाई खोलाले बगाएका कारण गाडीमा अर्को को ब्यक्ति थिए उनको पहिचान अझै नभएको प्रहरीको भनाई छ । गाडीमा ३ जना सवार रहेको प्रहरीले पुष्टि गरेको छ । वेपत्ता उनीहरुको मध्यरात देखि नै खोजी कार्य जारी रहे पनि हालसम्म पनि पत्ता नलागेको प्रहरीले जनाएको छ । पहिरोले बगाएको गाडि भने मोदि खोलामा फेला परेको हो
प्रहरी नायव निरिक्षक बुढाथोकीले अझै पनि खोजी कार्य जारी रहेको जानकारी दिए । वेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




