१२ असार, पर्वत । बिहादी गाउँपालिकाले पनि आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बिहादी गाउँपालिकाको आठौँँ गाउँसभामा अध्यक्ष कमलप्रसाद भुसालले नीति तथा कार्यक्रम र उपाध्यक्ष डम्बरकुमारी गुरुङले बजेट सार्वजनिक गर्नुभएको हो ।

बिहादी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड २७ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ २४ करोड ५३ लाख ४० हजार र पूँजीगत तर्फ १८ करोड ७४ लाख २९ हजार रुपैयाँ बिनियोजन गरिएको छ । बिहादी गाउँपालिकाका अध्यक्ष भुसालले कोभिड नियन्त्रण, उपचार तथा व्यवस्थापन, कृषि, रोजगार, पर्यटन, शिक्षा तथा पशुपालनमा जोड दिएको बताउनुभयो ।
कृषि लाई उत्पादनमुखी बनाउने कार्यक्रमलाई जोड दिईएको भुसालले बताउनुभयो । उहाँले सबै वडामा समानान्तर रुपमा विकासका योजना सञ्चालन गर्ने र बिगतमा शुरु गरेका गौरवका योजनाहरु आगामी वर्ष पुरा गर्न लक्ष्यमा रहेको जानकारी दिनुभएको छ ।
बिहादीमा आयातर्फ अघिल्लो खाताबाट १ करोड ९६ लाख, संघीय सरकारको समानीकरण अनुदान ७ कराडे ९९ लाख रुपैयाँ, राजस्व बाँडफाँड बाडफाँड अन्तर्गत संघीय सरकारबाट ५ करोड ९८ हजार, प्रदेश सरकारको समानीकरण अनुदान ८४ लाख ५१ हजार, आन्तरिक स्रोतबाट २० लाख १५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
कालीगण्डकी बाट रोयल्टी वापत ५६ लाख ५१ हजार, बन रोयल्टी ७ हजार ७ सय १, घरजग्गा रजिष्ट्रेसन, दहत्तर बहत्तर शुल्क, संघीय सरकारको विषेश अनुदान, समपुरक र प्रदेश सरकारको विषेश अनुदान प्राप्त गर्ने आयतर्फ बजेटमा उल्लेख गरेको छ ।




