Print

पर्वत जिल्लाको प्रहरी प्रमुखमा बुढाथोकी आउँदै

९ असार, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षकको सरुवा भएको छ ।

सरकारले देश भरका ५७ जना प्रहरी नायव उपरिक्षकको सरुवा गर्दा पर्वत जिल्लाका प्रहरी प्रमुख विश्वराज अधिकारीको सरुवा भएको हो । अधिकारीको प्रदेश न २ प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।

पर्वत जिल्लाका लागि भने शिवराज बुढाथोकी आउने भएकाछन् । बुढाथोकी यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत थिए ।