
२५ जेठ, पर्वत । जिल्लामा कुल कोरोना संक्रमीतको मृत्यु ५० पुगेको छ । देशभरको भन्दा मृत्यु दर धेरै रहेको पर्वतमा आज थप २ जनाको मृत्यु पुष्टि भएसंगै जिल्लामा कुल मृत्युको संख्या ५० पुगेको हो ।

संक्रमीतको संख्या घटेको तथ्यांक सार्वजनिक भइरहे पनि मृत्यु दर भने पर्वतमा उच्च देखिएको छ । डेढ महिनाको अवधिमा झण्डै ५० जनाको मृत्यु भएको छ । आज मात्रै मोदी ६ मा १ जना ६२ बर्षिया महिला र फलेवास १ मा २८ बर्षिया पुरुषको मृत्युभएसंगै तथ्यांक ५० पुगेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।





