Print

पर्वतमा भेरोसेल खोप जेठ ३० र ३१ गते लगाईने

२५ जेठ, पर्वत । सरकारले चिन सरकारबाट निुशल्क पाएको भेरोसेल खोप पर्वतमा आगामी ३० र ३१ गते लगाईने छ । खोप समन्वय समिति पर्वतको वैठकले आगामी जेठ ३० र ३१ गते खोप लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालय पर्वतका सुचना अधिकृत प्रविण भण्डारीले जानकारी दिए ।

समितिको आजको वैठकले पालिकाहरुमा खोप पठाउने र पालिकाहरुले आफ्नो खोप केन्द्र निर्धारण गरेर खोप लगाउने निर्णय भएको छ । खोप ६२ देखि ६४ उमेर समूहका मानिसहरुले लगाउने पाउनेछन् । यो उमेर समूहमा पनि पहिलो प्राथमिकतामा ६४ बर्षका मानिसहरु पर्नेछन् । समितिले क्रमशः बढि उमेर समूहका मानिसलाई प्राथमिकता दिदै थोरै उमेर समूह ६२ बर्षसम्मका मानिसलाई खोप लगाउने गरी योजना गरेको छ ।

यो खोप पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी पनि लगाइने छ । बाँकी मानिसहरुलाई खोप नलाईने निर्णय भएको छ । श्रोतका अनुसार पर्वत जिल्लाका लागि २१ सय खोप उपलब्ध भएको छ । जिल्लाले मागेको भन्दा झण्डै आधा डोज मात्र खोप उपलब्ध भएका कारण तोकिएको उमेर समूहका मानिसलाई खोप लगाउन नसकिने बताइएको छ ।