१२ जेठ, पर्वत । पत्रकार महासंघ पर्वतको कोभिड–१९ आईसोलेशन कक्षलाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । विश्व प्रजातान्त्रिक युवासंघका उपाध्यक्ष सुन्दर भुषालले आफ्नो बुवाको सम्झनामा स्थापित पुणचन्द्र ट्रष्टबाट एकथान अक्सिीजन कन्सन्ट्रेटर, दुई थान पिपिई सेट, माक्स लगायतका सामाग्री संघलाई हस्तातरण गर्नुभएको हो ।
हस्तान्तर कार्यक्रममा बौल्दै भुषालले जिल्लामा पत्रकारहरु पनि निकै जोखिममा रहेको भन्दै ट्रष्टबाट पत्रकारका लागि स्वास्थ्य सामाग्री सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सानो भए पनि फ्रन्ट लाइनमा रहेका पत्रकारलाई सहयोग हुने आशा राखेको र भोलिका दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै महासंघ अध्यक्ष सन्तोष थापाले पुणचन्द्र ट्रष्टलाई धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य सामाग्री प्राप्त भए संगै महासंघले तयार पारेको आइसोलेशनले पुर्णता पाएको बताउनुभयो ।
पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको स्वास्थ्य सामाग्री सहयोग कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, पहिलो पत्रिका पर्वत दुतका सम्पादक हरिहर पोख्रेल, समाजसेवी विश्व गुरुङ्गको उपस्थितिमा रहेको थियो, महासंघका सचिव राजबाबु पिसीले संचालन गर्नुभएको कार्यक्रममा संचारकर्मीको पनि उपस्थिती रहेको थियो ।




