
११ जेठ, पर्वत । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको पहलमा गाउँपालिकामा अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री भित्रिएको छ । गाउँपालिकाका अध्यक्ष मल्लले सरकारी निकाय तथा अन्य संघ संस्थासंग समन्वय गरेर गाउँपालिकामा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु भित्राएका हुन् ।
स्वास्थ्य सामाग्रीहरुको अभावमा कोरोना भाइरसका विरामीहरुको उपचारमा समस्या परेपछि अध्यक्ष मल्लले ति सामाग्रीहरु गाउँपालिकामा ल्याएको जानकारी दिए । कोभिड विरामीको उपचारमा सवैभन्दा धेरै समस्या पर्दै आएको अक्सिजन सिलिण्डर १० वटा र अक्सिजन कन्डेण्टर २ थान प्राप्त भएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको आइसोलसन अस्पतालका लागि नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीसंग अनुुरोध गरेर ति सामाग्रीहरु जिल्लामा भित्राएको अध्यक्ष मल्लले जानकारी दिए । स्वास्थ्य सामाग्रीहरु मध्ये विरामीको उपचारको लागि आवश्यक पर्ने वेड १४ थान उपलब्ध भएको छ । यसैगरी पिपिइ सेट २ सय वटा, एननाइटि फ्याम माक्स ५ सय वटा, अक्सीमिटर तथा सुगर जाँच मेसिनहरु पनि गाउँपालिकामा प्राप्त भएको छ । अध्यक्ष मल्लले झण्डै ५ सय थान बढि ग्लोप, माक्स चश्मा तथा फेस सिल र गाउन समेत गाउँपालिकामा उपलब्ध गराएका छन् ।
ति सवै सामाग्रीलाई गाउँपालिकाका २ वटा आइसोलेसन अस्पतालमा प्रयोग हुनेछन् । शव ब्यवस्थापनका लागि आवश्यक सामाग्रीहरु समेत उपलब्ध गएको उनले जानकारी दिए ।
गाउँपालिकामा अव ४० वटा अक्सिजन सिलिण्डर र ५ वटा अक्सिजन कण्डेण्टर रहेको अध्यक्ष मल्लको भनाई छ । थप ५ वटा अक्सिन कन्टेण्डर आउदै गरेको समेत उनले जानाकरी दिए । अक्सिजनको अभावमा कोहि विरामी पनि अकालमा मर्न पर्ने अवस्था नआओस भनेर आफूले यी सामाग्रीहरुको ब्यवस्थपन गरेको मल्लको भनाई छ ।
गाउँपालिकामा विरामीहरुको उपचारका भइरहेको र केहि विरामी डिस्चार्ज भएर गएका छन् । ति मध्ये अक्सिजन आवश्यकता पर्ने र गम्भिर प्रकृतिका नभएका विरामीहरुको आइसोलेसनमा उपचार गरिएको छ । पर्वत सेवा समाज लगाएतका अन्तराष्ट्रिय संस्थाहरु तथा अन्य सामाजिक ब्यक्तित्वहरुले समेत गाउँपालिकालाई आवश्यक स्वास्थ्य सामाग्री र नगद रकम समेत सहयोग गर्दै आइरहेको अध्यक्ष मल्लले जानकारी दिए ।
जिल्लाका अन्य आइसोलेसनमा स्वास्थ्य सामाग्री आवश्यक परे आफूले गाउँपालिकाको तर्फबाट उपलब्ध गराउन सकिने गरी यथेष्ट मात्रामा स्वास्थ्य सामाग्रीको भण्डारण गरेको अध्यक्ष मल्लको भनाई छ । यस अघि गत बर्ष पनि मल्लले ब्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्रीहरु वितरण गरेका थिए । गत बर्ष २ लाख गाउँपालिकाको कोभिड कोषमा रकम जम्मा गरेका मल्ले यस बर्ष पनि १ लाख रुपैया कोभिड उपचार कोषमा रकम ब्यक्तिगत रुपमा गरेका छन् ।
गाउँपालिकाले कोभिड विरामीका लागि निशुल्क सवारी साधनको प्रवन्ध मिलाएको र राहत तथा सहयोगलाई एकद्धार नीति मार्फत संकलन र वितरण गर्ने कार्यक्रम समेत अघि बढाएको मल्लको भनाई छ ।






