५ जेठ, पर्वत । कोरोना संक्रमणबाट पर्वतमा हिजो र आज गरी थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार मंगलबार १ जना र आज बुधवार थप ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट हिजो जलजला गाउँपालिका वडा न ४ का २८ बर्षिया पुरुषको मृृत्यु भएको थियो । उनको उपचारको क्रममा जनप्रिय अस्पताल पोखरामा मृत्यु भएको थियो ।
आज मात्रै थप ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । निर्देशनालय पोखराका अनुसार कुश्मा नगरपालिका वडा न ६ का ६० बर्षिया पुरुषको पर्वत अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी मोदी गाउँपालिका वडा न २ का ७८ बर्षिया महिलाको घरमै मृत्यु भएको छ
निर्देशनालयका अनुसार जिल्लाको विहादी गाउँपालिका वडा न ३ का ५७ बर्षिया पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी कुश्मा नगरपालिका वडा न ९ का ५७ बर्षिया कोरोना संक्रमीत पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
निर्देशनायले आज जारी गरेको विज्ञप्ति अनुसार जिल्लाको जलजला गाउँपालिका वडा न ३ का ६० बर्षिया महिलाको पनि निधन भएको छ ।
यो संगै पर्वतमा कुल मृत्यु संख्या २७ पुगेको छ ।





