२४ वैशाख, पर्वत । कोरोना संक्रमणबाट पर्वतमा थप १ जनाको मृत्यु भएको छ । पर्वत जिल्ला कुश्मा नगपालिका वडा न ९ कटुवाचौपारीका ५३ बर्षिया पुरुषको संक्रमणबाट मृत्यु भएको हो । उनको पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।
उपचारका क्रममा उनको वैशाख २३ गते मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसंगै पर्वतमा कोरानाले मृत्यु हुनेको संख्या ८ पुगेको छ ।





