२ चैत, पर्वत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र्र पौडेलले कांग्रेस पाटी भद्रगोल तरिकाले चलेको बताएका छन् । आज पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेस पाटी भद्रगोल तरिकाले चलिरहेको बताएका हुन् । उनले कांग्रेस पाटीमा निकै ठूलो योगदान गरेका नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको बताए ।
‘पञ्चायको विरुद्ध संघर्ष गरेका, माओवादीको धेरै ठुलो आक्रमण सामाना गरेका र कम्युनिष्टसंग जुधेका साथीहरुको योगदानको मूल्याङकन हुन सकेको छैन’ नेता पौडेलले भने ‘सिस्टमेटिक तरिकाले पाटी चलाउन सकेको भए ठाउँ ठाउँमा मूल्याङकन हुन्थ्यो ।’ उनले यहि कारणले ठाउँ ठाउँमा कुण्ठा पोखिएको बताए ।
कुश्मामा आयोजीत कार्यक्रमलाई देउवा पक्षका केहि कार्यकर्ताले कार्यक्रम असफल बनाउन लागेको तर्फ लक्षित गर्दै उनले भने–‘रिस खा अरु बुद्धि खा आफू’ उनले बुद्धिले आफूले खान पाइने तर क्रोधले अरुले खान पाइने बताए । जोश र उत्साह ठिक भए पनि उनले आक्रोसित भने हुन नहुने बताए ।
पौडेलले देश भर गुट चलाउनका लागि अन्तरक्रिया कार्यक्रम गर्दै हिडेको आरोप लगाउँदै पौडेल इतर समूहले कार्यक्रमलाई असफल बनाउन प्रयास गरेको पौडेल पक्षको आरोप छ ।
उनले कार्यक्रममा बोल्दै पर्वतमा कम्युनिष्ट नफुटेको बताए । कांग्रेससंगको प्रतिस्पर्धा पर्वतमा नेकपा एमालेले नै भएको भन्दै उनले एमाले नफुटेको दावी गरे । ‘आफ्नै घर बलियो बनाऔं, झयाल ढोका मिलाएर लगाऔं मात्र आफू सुरक्षित भइन्छ ।’ देश भर एमाले फुटे पनि पर्वत जिल्लामा एमाले नफुटेको पौडेलको भनाई छ ।
पौडेलले कार्यकर्ताले सहि मूल्याङकन गर्दा असल नेतृत्व चयन हुन नसकेको बताए । उनले नेतृत्वको मूल्याङकन गर्ने हैसियत आट कार्यकर्ताको हुनुपर्ने बताए ।



