२९ फागुन, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा रहेको दाल पोखरी आधारभूत विद्यालयको बार्षिकोत्सव तथा भूतपूर्व विद्यार्थी भेला सम्पन्न भएको छ । भूतपूर्व विद्यार्थीको भेलाले विद्यालयका पूर्व विद्यार्थी आर्यन पौडेलको अध्यक्षतामा ११ सदस्यीय समितिको चयन गरेको छ । विद्यालयको ६१ औं बार्षिकोत्सवको अवसरमा आयोजीत पूर्व विद्यार्थीको भेलामा नयाँ कार्य समितिको चयन भएको हो ।
नयाँ चयन भएको कार्य समितिले विद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि सहयोगी सबैलाइ सम्मान साथै आगामी शैक्षिक सत्र देखि अङग्रेजि माध्याममा पठनपाठन संचालन गर्नका लागि सहयोग संकलन गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।
साथै विद्याालयका पूर्व विद्यार्र्थी सुरज शर्माको संयोजकत्वमा हाल अस्ट्रेलियामा अध्यनरत विद्यार्थीहरुको सोसिएल वलफेयर नामक संस्था बाट १ लाख १ हजार ४ सय ६० रुपैंया सहयोग विद्यालयललाई हस्तान्तण गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।




