Print

पर्वतमा केपी पक्ष र प्रचण्ड पक्षले बेग्ला बेग्लै कार्यक्रम गरी मनाए जनयुद्ध दिवस

२ फागुन, पर्वत । जिल्लामा जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पाटीका दुई वटा कार्यक्रमहरु सम्पन्न भएका छन् । पाटीका केपी ओली पक्ष र प्रचण्ड पक्षले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएका हुन् ।

केपी ओली पक्षले जनआन्दोलन र जनयुद्धका शहिदहरुको स्मरण गर्दै पर्वत अस्पतालमा फलफुल वितरण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा ओली पक्षका जिल्ला पाटी सचिव गोविन्द पहाडीले जनआन्दोलन र जनयुद्धमा शहिद भएमा अपांग भएका र वेपत्ता भएका सवैको स्मरण गर्दै कार्यक्रमको आयोजना गरिएको बताएका थिए । कार्यक्रममा युवा संघ तथा पार्टीका अन्य कार्यकर्ताहरुको उपीिस्थती रहेको थियो ।

यसैगरी प्रचण्ड पक्षले भने शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ । प्रचण्ड पक्षको भेलामा माधव समूहका नेताहरुको पनि सहभागीता रहेको थियो । कुश्माको होटल बन्दनामा आयोजना गरिएको कार्यक्रममा प्रचण्ड समूहका केन्द्रिय सदस्य गुप्त हमाल सोहि समूहका जिल्ला सचिव सुदीप कुँवर लगाएतले जनयुद्धको स्मरण गर्दै शहिदहरु प्रति सम्मान ब्यक्त गरेका थिए ।

यस अघि जिल्ला पाटी कार्यालयमा आयोजना हुने जनयुद्ध दिवस यस पटक भने दुई समूहले बेग्ला बेग्लै स्थानमा अलग अलग कार्यक्रमको आयोजना गरी मनाएका छन् ।