Print

यसरी हुँदैछ पर्वतको विकास : ७० मिटर लामो मोटरेवल पुल रतीखोलामा निर्माण

२६ माघ, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा जिल्लाकै लामो मोटरेवल पुल निर्माण भएको छ । मोदी गाउँपालिकाको वडा न ६ तिलाहारमा निर्मित रतिखोला उक्त मोटरेवल पुलको निर्माण भएको हो ।

मोदी ६ तिलाहारमा निर्मित मोटरेवल पुलको कुल लम्बाई ७० मिटर रहेको छ । पुलमा ३५/३५ मिटरका दुईवटा स्पान रहेका छन् । उक्त पुल डिमुवा तिलाहार राम्जा चित्रे सडक सडकमा पर्दछ । पुल निर्माण शुरु भएको ५ बर्षमा निर्माण कार्य सम्पन्न भएको हो ।

पुलको कुल लागत १० करोड ४५ लाखको लागतमा उक्त पुल निर्माण भएको हो । पुलमा ७ दशमलब ५ मिटर चौडाई रहेको छ । पुलमा मानिस हिड्ने फुट्पाथ समेत निर्माण भएको छ ।

पुल नहुँदा उक्त खोलामा बर्षातको समयमा सवारी साधन आगमन बन्द हुने गर्दथ्यो । २ बर्ष पहिलो खोला तर्न खोज्दा मोटरसाइकल बगेर एक जनाको मृत्यु समेत भएको हो । ठुलो चौडाई र आकार लिएर बहने रती खोलामा पुल निर्माण सम्पन्न हुँदा तिलाहार, चित्र र राम्जाका स्थानीयलाई प्रत्यक्ष राहत पाउने भएका छन् ।