Print

दुर्लुङ पहिरो : पहिरो पिडितलाई विदेशमा बस्ने नेपालीद्धारा १ लाख सहयोग

१५ कार्तिक, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको ढकालवारी गएको पहिरोका कारण पिडित ३ परिवारका लागि १ लाख रकम प्रदान गरिएकोछ । विदेशमा रहेका नेपालीहरुले संकलन गरेका उक्त रकम प्रतिनिधि सभाका सांसद पदम गिरीले हस्तान्तरण गरेका हुन् । गत जेठ महिनामा राती गएको पहिरोका कारण २ परिवारका ९ सदस्य पहिरोमा पुरिएका थिए । राती सुतिरहेको बेलामा भीषण बर्षातसंगै आएको पहिरोले २ घर बगाउँदा ति घरमा रहेका सवै ९ जना पहिरोमा पुरिएका हुन ।

पहिरोमा परी मृत्यु हुनेहरुमा ६२ बर्षका तुल बहादुर थापा, ६० बर्षकी मिन कुमारी थापा, ३४ बर्षिया दिर्पा थापा, ११ बर्षिया विविसा थापा, १५ बर्षको सम्प्राट थापा र १७ बर्षको विवेक थापा रहेका छन । उनीहरु एकै परिवारका सदस्य हुन ।

यसैगरी अर्को परिवारका ३२ बर्षकी कमला विक, ८ बर्षकी प्रमिशा विक, १४ बर्षका जेनिस विक थियो । मृत्यु भएका र पहिरोमा परी घाइते भएका १ गरी ३ परिवारलाई प्रवासी नेपालीहरुले सहयोग गरेका हुन् ।

पहिरो पिडित तुलबहादुर थापा, कमला विक र भुवन गिरीको परिवारलाई प्रति परिवार ३३ हजार ३ सय ३५ रुपैंयाका दरले सहयोग प्रदान गरिएको हो ।
पर्वत जिल्लाको पैयू गाउँपालिका ६ सरौखोलाका कमलदिप भारतीको समन्वयमा उक्त रकम संकलन भएको थियो ।

प्रवासमा रहनुहुने अमेरिकाका डा. श्याम थापाले ३० हजार ८ सय ५६, लला राई युकेबाट २५ हजार, जिवि न्यौपाने अमेरिकाबाट १० हजार विना थापा साइप्रसबाट ६ हजार ८ सय ४२, अफगानस्थानमा रहनुहुने कमलदीप भारतीबाट ७ हजार २ सय स्पेनमा रहेकी रुपा केसीबाट ५ हजार, ओमनमा रहेकी काशी जेठलीबाट ५ हजार, बहराइनमा रहेका प्रेमबहादुर थापाबाट ५ हजार र साउदीमा रहेका प्रेमराना मगरबाट ५ हजार गरी कुल १ लाख रुपैंया संकलन भएको थियो ।